×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतले विकास गरेको कोभ्याक्सिन खोपले पूरा गर्‍यो विश्व स्वास्थ्य संगठनको मापदण्ड

PRIME CA

भारतले विकास गरेको कोभ्याक्सिन खोपले पूरा गर्‍यो विश्व स्वास्थ्य संगठनको मापदण्ड

अर्थ सरोकार

११ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

नयाँ दिल्ली । भारतले विकास गरेको कोभ्याक्सिन खोपले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड पूरा गरेको केन्द्रीय औषधि नियन्त्रण संगठन (सीडीएससीओ)ले जनाएको छ । भारत बायोटेक्सले विकास गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनले विश्व स्वास्थ्य संगठनले तय गरेका सम्पूर्ण मापदण्ड पूरा गर्नुका साथै सुरक्षित भएको औषधि नियन्त्रक इस्वारा रेड्डीले बताएका छन् । 
जीटो प्रोफेशनल फोरम (जेपीएफ) मा बोल्दै रेड्डीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार कुनै पनि खोपको न्यूनतम प्रभावकारिता कम्तिमा ५० प्रतिशत हुनुपर्ने र आधारभूत मापदण्डहरु पूरा गरेको हुनुपर्ने बताएका छन् । कोभ्याक्सिनको डब्ल्यूएचओ मापदण्डको बैठकमा उनले भने, ‘हामी निश्‍चित गर्छौं कि यो खोप सुरक्षित छ र यसको प्रभावकारिता (कोभाक्सिनको) सन्तोषजनक छ।’ रेड्डीले भारतले विकास गरेको खोप सुरक्षित भएको बताएका छन् । उनले सरकारले कोभिड खोप डोज प्राप्त गर्ने सबैलाई नियालेर हेर्ने बताएका छन् ।
‘सबै लाभार्थीहरूको अनुगमन गर्न एक मजबूत कार्यक्रम निर्माण गरिएको छ,’ रेड्डीले भने । उनले नोभेल कोरोना भाइरसको प्रसारण श्रृंखला तोड्न खोप अत्यन्त महत्त्वपूर्ण छ । रेड्डीले यी खोपहरूको प्रतिरक्षाको पक्षमा पनि बोले । ‘यो प्रतिरोधात्मकता कहिलेसम्म रहनेछ भनेर स्पष्ट रूपमा थाहा छैन (यी खोपहरूको लागि’) ,उनले भने ।यद्यपि रेड्डीले थपे कि प्रायः यो आशा गरिन्छ कि खोपहरूले आजीवन प्रतिरक्षा दिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: