×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको १५% लाभांश पाउन बिहीबारसम्म सेयरधनी बन्नुपर्ने, माघ २४ गते साधारणसभा

GLOBAL IME BANK
SHREE KESH

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको १५% लाभांश पाउन बिहीबारसम्म सेयरधनी बन्नुपर्ने, माघ २४ गते साधारणसभा

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । माघ २४ गते वार्षिक साधारणसभाका लागि संस्थाले माघ ९ गतेबाट बुक क्लोज गर्दैछ । सभामा संस्थाले १५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
सभा संस्थाको केन्द्रीय कार्यालय गैडाकोट, नवलपुरमा बिहान ११ बजे सुरु हुनेछ । संस्थाले गत वर्षको नाफाबाट १४.२५% बोनस र कर प्रयोजनका लागि ०.७५% नगद पनि दिने भएको छ । यस्तै अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश हुनेछ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: