×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगटी हाइड्रो इनर्जीले माघ ४ गतेदेखि १४ लाख ५० हजार कित्ता आइपीओ बिक्रीमा ल्याउने, कस-कसले पाउँछन् भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिंगटी हाइड्रो इनर्जीले माघ ४ गतेदेखि १४ लाख ५० हजार कित्ता आइपीओ बिक्रीमा ल्याउने, कस-कसले पाउँछन् भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले माघ ४ गतेदेखि पहिलो चरणको आइपिओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीको यस आइपिओमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् ।
यस्तै सो आइपिओमा माघ १८ गतेसम्म आवेदन भर्न सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । आइपिओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई तोकिएको छ । कम्पनीले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: