×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको संस्थाले भ्रष्टाचारलाई नै बढावा दिएको आरोप

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको संस्थाले भ्रष्टाचारलाई नै बढावा दिएको आरोप

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामावाद । पाकिस्तान सरकारसँग मिलेर भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको संस्थाले भ्रष्टाचारलाई बढावा दिएको आरोप लागिरहेको समयमा संसद्को विशेष समयमा विपक्षी पार्टीका नेताहरुले चर्को आलोचना गरेका छन् । विपक्षी दलहरूले राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) का गतिविधिहरु पारदर्शी र जवाफदेही नभएको उल्लेख गर्दै निन्दा र आलोचना गरेका हुन् । विपक्षी दलका नेताहरुले एकपक्षीय जवाफदेहितालाई अस्वीकार गर्दै सरकारले विपक्षीमाथि हतियारको रुपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
यसभन्दा अघि विपक्षीहरूले एनएबीविरुद्ध मानव अधिकार उल्लंघन, हिरासतमा मृत्यु र पाकिस्तान लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्न इमरान खानको सरकारलाई सघाएको आरोप लगाएका थिए । संघीय सरकारले एनएबी अध्यक्षको ‘अनैतिक अडियो र भिडियो क्लिपहरू’ चुहावट भएपछि उनलाई ब्ल्याकमेल गरिरहेको आरोप लगाउँदै विपक्षी सांसदहरुले उनी ‘ह्वाट्सएपमार्फत प्राप्त गर्ने सबै आदेशहरू पालन गर्न बाध्य’ भएको बताएका छन् । ‘विपक्षीलाई सताउन सरकारले एनएबीलाई आफ्नो हतियारको रुपमा प्रयोग गरिरहेको छ । यसै कारण मौलाना फजलुर रहमानले आफू ब्यूरोमा उपस्थित नहुने बताएका छन्,’ जमात उलेमा-ए-इस्लाम (एफ) (जेयूआई-एफ) का नेता मौलाना अब्दुल गफूर हैदरीले भने ।
‘सेनाको पछाडि लुक्दै र लगातार झूट बोलेर तपाईं सरकार चलाउन सक्नुहुन्‍न । राजनीतिमा घिसार्दै सेनालाई किन बदनाम गर्नुहुन्छ ? उनले प्रश्‍न गरे । पाकिस्तानी मुस्लिम लीग (नवाज) (पीएमएल-एन) का सांसद जावेद अब्बासीले एनएबीलाई पाकिस्तान तहरीक-ए-इन्साफ ’(पीटीआई) शाखामा परिणत गरिएको बताएका छन् । ‘सर्वोच्च अदालतका धेरै फैसलाहरू छन् । जसले राजनीतिक इन्जिनियरिङमा एनएबीको भूमिकालाई प्रकाश पार्छ र राजनीतिज्ञहरूलाई उनीहरूको वफादारी बदल्न बाध्य पार्छ,’ उनले थपे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: