
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) ले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । पाकिस्तान मुस्लिम लिग नवाजका प्रवक्ता मरियुम औरंगजेबले इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को सन् २०१४ को वैदेशिक लगानीको मुद्दाविरुद्ध देशव्यापी प्रदर्शन गर्ने जनाएका छन् ।
प्रधानमन्त्री खानविरुद्ध सन् २०१४ मा उक्त मुद्दा दर्ता गरिए पनि हालसम्म कुनै छानबिन र कारबाहीको प्रक्रिया अघि नबढेको बताइएको छ । ११ वटा विपक्षी पार्टीहरु मिलेर बनेको पीडीएमले पाकिस्तान सरकारविरुद्ध लगातार विरोध प्रदर्शन गर्दै आइरहेको छ । पीडीएमले जनवरी १९ मा गर्न लागेको विरोध प्रदर्शनको निर्णय भएको छ । जुन पीटीआईले गैरकानूनी कोषमा विदेशी रकम लिएको र दुईवटा खाता सञ्चालन गरेको विदेशी कोषबाट प्राप्त भएको स्वीकार गरेको छ । अवैधरुपमा एजेन्टहरुमार्फत खानले रकम लिने गरेको पाइएकोले त्यसविरुद्ध आन्दोलन गर्न लागिएको हो ।
पीडीएमले प्रधानमन्त्री इमरान खानलाई जनवरी ३१ अगाडि राजीनामा दिइसक्न पनि अल्टिमेटम दिएको छ । प्रधानमन्त्री खानले मुलुकलाई विदेशी मुलुकको खेल मैदान बनाएको, सेनालाई राजनीतिमा ल्याएको, भ्रष्टाचार बढाएको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको र धार्मिक र जातीय अल्पसंख्यकलाई थप उत्पीडन दिएको आरोप लगाइएको छ । प्रधानमन्त्री इमरान खानले पीडीएमले यसअघि गरेका र्यालीहरुमा सहभागी भएकाहरुविरुद्ध मुद्दा दायर गरेको छ । कोरोना महामारीका कारण भेला र र्यालीहरु गर्न प्रतिबन्ध लगाउँदा पनि र्यालीमा सहभागी भएको आरोपमा मुद्दा दर्ता गर्दै सहभागीहरुलाई नियन्त्रण लिने काम गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्