×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जम्मु काश्मीरमा आतंकवादी गतिविधिलाई बन्द गर्न सुरक्षाकर्मीले दुई सातामा पाँच अप्रेसन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जम्मु काश्मीरमा आतंकवादी गतिविधिलाई बन्द गर्न सुरक्षाकर्मीले दुई सातामा पाँच अप्रेसन गर्ने

Artha Sarokar

२ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जम्मु काश्‍मीर । जम्मु काश्मीरमा आतंकवादी गतिविधिलाई बन्द गर्न सुरक्षाकर्मीले विभिन्‍न अप्रेसनहरु सञ्‍चालन गरिरहेको छ । यही अभियानका क्रममा दुई सातामा पाँच अप्रेसन भएका छन् । जम्मू-काश्मिर प्रहरीले शुक्रबार रियासी जिल्लामा अर्को आतंकवादीविरोधी अप्रेसन गरेको दाबी गरेको छ । जसमा लश्कर-ए-तैयबा (एलईटी) को विभिन्‍न मोड्युल र उसको शट द रेसिस्टेंस फोर्स (टीआरएफ) मा दुई साताको अवधिमा पाँचौं प्रहार गरेको सुरक्षा फौजले जनाएको छ ।
प्रहरी महानिरीक्षक मुकेश सिंहले भने, ‘भरपर्दो सूचनाको आधारमा रेसी जिल्लाको महोर तहसीलको देवलका गुलाम हैदरका छोरा २० वर्षीय मोहम्मद युसुफलाई पक्राउ गरिएको छ । ती व्यक्तिलाई प्रहरी चौकी महोरको टोलीले पक्राउ गरेको थियो । ‘निरन्तर सोधपुछको क्रममा उनले माहोरको अंगराला तल्लो गाउँमा एउटा लुकाइएको हतियार र गोलीहरु राखिएको बयान दिएका थिए । सिंहले भने, ‘उक्त इलाकामा जम्मु काश्मीर प्रहरी र सेनाको संयुक्त खोजी अभियान सुरु गरिएको थियो । जसअन्तर्गत लुकाइछिपाइ राखिएका पाँचवटा ग्रेनेड र एक एमएम पिस्तोल पनि बरामद गरिएको छ ।’
‘यूएपीए को धारा १५, १६, १८, बी, २७, १२० बी, १२१, १२१ ए अन्तर्गत मुद्दा चलाइएको छ । मुद्दाको थप अनुसन्धान सुरु गरिएको छ,’ उनले भने । शुक्रवार आतंकवादी मोड्युललाई डिसेम्बर २८ मा जम्मूमा पर्दाफास गरिएको मोड्युलबीच सम्बन्ध रहेको बताइएको थियो । प्रहरीले मुस्तफा इकबालले सोधपुछको क्रममा मेन्डारको एरीस्थित हिन्दू मन्दिरमा ग्रेनेड फ्याँक्ने काम गरेको स्वीकार गरेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी