×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा रहेको हिन्दु मन्दिर भत्काएको भन्दै जम्मुको डोग्रा मोर्चाद्वारा विरोध प्रदर्शन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा रहेको हिन्दु मन्दिर भत्काएको भन्दै जम्मुको डोग्रा मोर्चाद्वारा विरोध प्रदर्शन

Artha Sarokar

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जम्मु । पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको कारक जिल्लामा एक हिन्दू मन्दिर ध्वस्त भएपछि यस घटनाको चौतर्फी विरोध हुनुका साथै पाकिस्तानको चर्को आलोचना भइरहेको छ । जम्मुको डोग्रा मोर्चाले पनि पाकिस्तानको हिन्दू मन्दिर भत्काएकोप्रति चर्को आलोचना गर्दै विरोध प्रदर्शन गरेको छ । मोर्चाका दर्जनौं कार्यकर्ताहरु उक्त विरोध प्रदर्शनमा सहभागी थिए । उनीहरुले पाकिस्तान र प्रधानमन्त्री इमरान खानको चर्को आलोचना गरेका थिए । 
‘फेरि उनीहरूले एक हिन्दू मन्दिर ध्वस्त पारे । हीरानगर नजिकको मन्दिरको बाहिर एउटा विष्फोट भयो । उनीहरू (पाकिस्तान) हिन्दू र मुसलमानहरुलाई एक अर्काविरूद्ध हिंसा भड्काउन खोजिरहेका छन् । तर हामी कुनै पनि हालतमा द्वेष फैलाउन दिनेछैनौं । उनीहरु जहिले पनि हाम्राविरुद्ध षडयन्त्र गरिरहेका छन्, ’डोग्रा मोर्चाका अध्यक्ष अशोक गुप्ताले भने । ‘त्यस देशमा कुनै प्रजातन्त्र छैन । हामीले हवाई हमलाको जस्तो बहु बालाकोट सञ्चालन गरेर उनीहरूलाई पाठ सिकाउनु पर्छ, ’ उनले थपे । भारतले शुक्रबार कूटनीतिक माध्यममार्फत पाकिस्तानमा औपचारिक विरोध जनाएको हो । त्यहाँ एक हिन्दू मन्दिरको तोडफोड भएको थियो ।
डिसेम्बर ३० मा, स्थानीय मुस्लिम धर्मगुरुहरूको नेतृत्वमा सयौं भन्दा बढी व्यक्तिको भीडले खैबर पख्तूनख्वा प्रान्तको कारक जिल्लामा एक हिन्दू मन्दिरलाई भत्काएर आगो लगाएका थिए । सामाजिक सञ्‍जालमा भाइरल भिडियो क्लिपमा हिंस्रक भीडले मन्दिरको भित्ता र छाना ध्वस्त पारेको देखाइएको छ ।पाकिस्तान र विश्वका अन्य भागमा रहेका मानव अधिकारकर्मीहरूले हिन्दू अल्पसंख्यक समुदायका विरुद्ध गरिएको यो कार्यको व्यापक रूपमा निन्दा गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी