
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंक र फस्ट पे टेक्नोलोजी प्रा.लि.बीच विच्याट पे र क्युपेको भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै विच्याट पे र युनियन पे बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो । मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्युआर कोड स्क्यान गरि वि-च्याट पे र युनियन पेको साथै अलि पे ,खल्ती ,प्रभु पे, क्यु पे , आइएमी पे , स्मार्ट क्युआर लगायत अन्य ४६ वटा अन्र्तराष्ट्रिय वालेटहरुमार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एब बस, एसएमएस बैंकिंग , मोबाइल बैंकिङ, सि-अस्बा, सोसिअल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्