
कुलगाम । जम्मू-काश्मिरको कुलगामबाट सुरक्षा बलले एक लस्कर ई तैयबा (एलईटी) आंतकवादीलाई नियन्त्रणमा लिएको छ । जम्मु कश्मीर प्रहरीले र सेनाको ३४ राष्ट्रिय राइफल्सले लश्कर-ए-तैयबा (एलईटी) का आतंकवादीलाई आश्रय, रासन र अन्य सहयोग प्रदान गर्ने एकजनालाई पक्राउ गरेको छ ।
ती व्यक्तिहरुले आतंककारीहरुका लागि हतियार र विस्फोटक सामग्री कुलगाममा ल्याउसमेत सहयोग गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको सुरक्षाकर्मीले जानकारी दिएका छन् । पक्राउ परेका ती आतंकवादीहरुलाई सहयोग गर्ने व्यक्तिविरुद्ध यारीपोरा प्रहरी चौकीमा एफआईआर दर्ता गरिएको छ भने उनका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
कुलगाम प्रहरीले थप ३४ जनालाई एलईटीलाई सहयोग गरेको भन्दै नियन्त्रणमा लिएको छ । उनीहरु विष्फोटक सामग्री र विस्फोटक पदार्थसहित पक्राउ परेका थिए । उनीहरुले आतंककारीहरुका लागि उक्त विस्फोटक पदार्थ ओसार्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कुलगामले एफआईआर नम्बर १५४/२०२० मा मुद्दा दर्ता भएको ट्विटमार्फत जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्