×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाडौंका ग्राहकलाई खल्ती वालेटमा खाता लिंक गर्दा भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस

PRIME CA
GLOBAL IME BANK

बैंक अफ काठमाडौंका ग्राहकलाई खल्ती वालेटमा खाता लिंक गर्दा भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस

१८ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाडौंका ग्राहकहरुले बोनस पाउने भएका छन् । बैंकका ग्राहकहरुले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका हुन् । लिंक १ मिने भन्दा कम समयमा गर्न सकिने भएको छ । ग्राहकले बैंक अफ काठमाडौंको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ तुरून्तै सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने छन् ।
यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने छ। बैंक अफ काठमाडौं खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिंग सुविधा भने लिएको हुनु पर्नेछ । बैंक अफ काठमाडौंमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत बस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिने भएको । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु पर्दैन । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी सहज साथै सरल गर्नु हो ।
खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथै भुक्तानीमा पाइने क्यास ब्याकको फाइदा उठाई रकम बचत पनि सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि रहेका छन् । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: