×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहुलियतपूर्ण कर्जा सम्बन्धमा थुलुङ दूधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच समझदारी

PRIME CA
GLOBAL IME BANK

सहुलियतपूर्ण कर्जा सम्बन्धमा थुलुङ दूधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच समझदारी

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

सोलुखुम्बु । सहुलियतपूर्ण कर्जाको माध्यमबाट आत्मनिर्भरपालिका निर्माण गर्ने उद्देश्यले थुलुङदूधकोशी गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन सहुलियतपूर्ण कर्जासम्बन्धी समझदारी पत्रमा सोमबार दुई पक्षबीच हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) को अधिनमा रहि कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने, क्षमता विकास गरी पालिकाभित्रका नागरिकलाई सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट उत्पादनमा जोड दिने र आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पु¥याउने सम्झौतापत्रमा उल्लेख छ ।
यस्तै सम्झौतामा वैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पूँजी आर्जन गरी स्वदेश फर्किएका युवालाई पुनः विदेशिनुपर्ने बाध्यताबाट रोकी उद्यमशीलतासँग जोडेर विदेशमा आर्जिन गरेको सीप, अनुभव र पूँजीको स्वादेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पु¥याउने तथा वित्तीय पहुँच एवं वित्तीय समावेशीतामा अभिवृद्धि गर्नेलगायत उद्देश्य छ । गाउँपालिका अध्यक्ष असिम राई र बैंकको तर्फबाट रिटेल फिनानसियल सर्भिस प्रमुख दीपेश आमात्यले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारी पत्रमा उल्लेख भएअनुसार कार्यक्रम अगाडि बढाउनका लागि दुई पक्षबीचको भूमिका उल्लेख गरिएको छ ।
गाउँपालिकालका तर्फबाट सहुलियतपूर्ण कर्जाका लागि एकीकृत कार्यविधि, २०७५ ९संशोधन समेत० लाई कार्यान्वयनका लागि इच्छुक समूह, उद्यमी, फर्म तथा सहकारीलाई उद्यमशीलतासम्बन्धी आवश्यक सीप प्रदान गर्ने र उनीहरुलाई कर्जाका लागि सिफारिस गर्नुपर्ने छ । यस्तै बैंकले लगानी गरेको समूहको उत्पादन वृद्धिका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने, पालिकाको सिफारिसमा बिना धितो लगानी गरिएका कर्जाको असूलीमा समस्या भएमा पालिकाले सहयोग गर्ने र कर्जा जोखिम न्यूनीकरणका लागि पालिकाले विपद् कोष स्थापना गर्नुपर्ने छ । 
यस्तै बैंकको तर्फबाट पालिकाले सिफारिस गरेका फर्म, उद्यमी, समूह तथा सहकारीलाई पहिलो प्राथमिकताका साथ आफ्नो शाखामार्फत सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ ९संशोधन समेत०को आधारमा कर्जाको सीमा निर्धारण गर्नेलगायत भूमिका रहेको छ । 
यसरी सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बैंकसँग सम्झौता गर्ने थुलुङदूधकोशी गाउँपालिका प्रदेश नं १ मा पहिलो रहेको गाउँपालिका अध्यक्ष असिम राईले दाबी गर्नुभयो । देशको ७५३ वटा स्थानीय तहमध्ये पहिलो सम्वृद्ध गाउँपालिका निर्माणको महाअभियानमा रहेको भन्दै अध्यक्ष राईले जनजीविकाको सवालमा आफूहरु जिम्मेवार ढङ्गले काम गरिरहेको बताउनुभयो ।
  
अहिलेसम्मकै अब्बल गाउँपालिका 
जिल्लामै पहिलोपटक गाउँपालिकाको केन्द्र, नामकरण, लक्ष्मी बैंकको शाखा सञ्चालन तथा प्रशासनिक भवन निर्माण गरी सञ्चालन गरेको गाउँपालिकाले स्थानीयवासीको सहभागितामा ५० श्ययाको दूधकोशी सामुदायिक अस्पताल भवन निर्माणसहित अन्य थुप्रै काम गरिरहेको छ । 
गुणस्तरीय सेवासहितको अस्पताल सञ्चालनका लागि धुलिखेल अस्पतालसँगको छलफल अन्तिमचरणमा पुगेको अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङले बताउनुभयो । यता स्थानीयवासी सर्वसाधरण नागरिकलेसमेत गाउँपालिकाको कार्यप्रति खुलेर प्रशंसा गर्छन् । गाउँपालिका–२ का स्थानीयवासी टीकाबहादुर थापाले सोचेभन्दा बढी विकास भएको भन्दै आफूहरु स्थानीय सरकारप्रति सन्तुष्ट रहेको बताउनुभयो । 
यस्तै सहुलियतपूर्ण कर्जासम्बन्धी गाउँपालिका र बैंकबीच भएको सम्झौतापछि झनै स्थानीयवासी हर्षित बनेका छन् । बैंकको पहुँचभन्दा बाहिर रहेका र विभिन्न वित्तीय संस्थामार्फत महङ्गो ब्याज तीर्न बाध्य भएका पालिकावासीले सरल कर्जा प्राप्त गर्ने भएपछि हर्षित भएका हुन् । गाउँपालिका–८ का मेखराज तामाङले बाख्रापाल व्यवसाय सञ्चालन गरिरहेको भए पनि सहयोग प्राप्त नहुँदा व्यवसाय वृद्धि गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको योजना सर्वसाधरण नागरिकको हितमा छ, सबैले सदुपयोग गर्न सकेको खण्डमा सम्वृद्धि टाढा छैन ।” गाउँघरका साहूमाजनबाट ऋण लिनुपर्ने भएमा २४ देखि ३६ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ भने लघुवित्त वित्तीय संस्थामार्फत १८ देखि २४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने बाध्यता रहेको थुलुङदूधकोशी–७ का शिवबहादुर राईले बताउनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: