- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ३४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा गत वर्षको भन्दा १३.६९% धेरै हो ।
बैंकले पुष मसान्तसम्म आउँदा ३६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २८ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६.०५% र १२.७१% ले बढेको छ । यस्तै प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३७ पैसा रहेको छ । बैंकको रिजर्भ कोषमा १ अर्ब ३२ करोड रुपैयाँ छ ।