×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकका गभर्नर अधिकारीले ४ सयको तरकारी किने, QR कोडबाट गरे भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्र बैंकका गभर्नर अधिकारीले ४ सयको तरकारी किने, QR कोडबाट गरे भुक्तानी

Artha Sarokar

२५ पुष २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । प्रभु बैंकले कालिमाटी फलफुल तथा तरकारी बजारमा कारोबार गर्दा नगदरहित (क्यूआरकोड) मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकको सम्वन्यमा कालिमाटीमा बैंकले विद्युतीय भुक्तानीको शुरुवात गरेको हो ।
सो कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १ सय रूपैयाँको काउली र ३ सय रूपैयाँको च्याउ खरिद गरी क्युआरकोडमार्फत् भुक्तानी गरी कारोबार शुरूवात गरेका हुन् । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनल क्यूआरकोड भुक्तानी सेवा सञ्चालनले तरकारी बजार नयाँ युगको शुरूवातमा प्रवेश गरेको जानकारी दिए । 
उनले धेरै भिडभाड हुने स्थानहरु टेकु अस्पताल, वीर हस्पिटल, गंगालाल हस्पिटल जस्ता अस्पतालहरु पनि क्युआरकोडको शुरूवात गर्ने जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी