×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेज इनर्जीको ७औँ वार्षिक साधारणसभा सम्पन्न, एक जना सञ्चालक नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माउन्टेज इनर्जीको ७औँ वार्षिक साधारणसभा सम्पन्न, एक जना सञ्चालक नियुक्त

Artha Sarokar

१ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ । कम्पनीको पौष २७ गते आम्रापाली ब्याङक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनी, कठमाडौंमा सम्पन्न साधारणसभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ । 
कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
उक्त साधारण सभाले आ.व. २०७७/०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि बि.आर.पाण्डे एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।  साथै सभाले अध्यक्ष तथा संचालकहरुलाई प्रति बैंठक रु ५ हजार भत्ता समेत उपलब्ध गराउने प्रस्ताव समेत पारित गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी