Skip to content
LAXMI SUNRISE BANK

मेगा क्यापिटलले धादिङका उद्यमीहरुलाई कर्जा परामर्श दिने, वित्तिय पहुँचका साथै व्यापार वृद्धि हुने विश्वास

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । मेगा क्यापिटलले धादिङका उद्यमीहरुलाई कर्जा परामर्श दिने भएकाे छ । मेगा बै‌ंक नेपाल, मेगा क्यापिटल मार्केटस, ज्वालामुखी गाउँपालिका र धादिङ उद्याेग वाणिज्यबीच साेमबार साना तथा मझाैला उद्याेगीहरुलाई सहुलियतपुर्ण कर्जा तथा परामर्श सेवा उपल्ब्ध गराउने चाैपक्षिय सम्झाैता भएकाे हाे ।
यसमा नेपाल क्यापिटल मार्केटसले धादिङ उद्याेग वाणिज्यसँगकाे सहकार्य तथा सिफारिसमा उद्यमी तथा व्यवसायीहरुकाे व्यवसाय तथा कम्पनी दर्ताकाे निमित्त आवश्यक कागज तयार गरिदिने र दर्ताकाे लागि गर्नुपर्ने सम्पुर्ण कार्य, वित्तिय सल्लाह, वित्तिय प्रक्षेपण लगायत बै‌ंकमा आवश्यक कागजातहरु तयार गरिदिने तथा सम्बन्धित उद्यमीकाे प्रतिनिधित्व गरी कर्जा स्विक्रिती प्रक्रियामा सहयाेग गर्नेछ ।
उक्त सम्झाैताले स्थानिय स्तरमा साना तथा मझाैला उद्यमीहरुलाई वित्तिय पहुँच बढाई व्यापार व्रद्धि गर्न सहयाेग पुराउने बै‌ककाे विश्वास रहेकाे बै‌कले जनाएकाे छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK