
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै, लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ ।
नेपालीहरुले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ । ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो । मेगा बैंकले यसअघि नै कुवेतकै अल मुल्ला एक्सचेन्जबाट पनि रकम पठाउने ब्यवस्था मिलाइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्