×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२ वाणिज्य बैंकसहित ९ कम्पनीहरुको वार्षिक साधारणसभा आज, लाभांश वितरण गर्ने मुख्य एजेन्डा (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज सोमबार ९ संस्थाको वार्षिक साधारणसभा हुँदैछ । एभरेष्ट बैंक, हिमालयन बैंक, छ्याङदी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, प्राइम लाइफ इन्स्योरेन्स, एनएमबि लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको वार्षिक साधारण सभा हुँदैछ । एभरेष्ट बैंकको सभा केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान ११ बजेबाट सुरु भएको छ । सभामा सभामा बैंकले ५% बोनस सेयर र ५.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै हिमालयन बैंकको साधारणसभा पनि केन्द्रीय कार्यालय कमलादीमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्समार्फत सुरु भएको छ । सभामा बैंकले २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।
यता छ्याङदी हाइड्रोपावरको साधारणसभा पनि गैह्रीधारामा बिहान ११ बजेबाट सुरु भएको छ भने सभामा कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर तिर्न ०.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ । माउन्टेन हाइड्रो नेपालको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा कालिमाटी बैंक्वेटमा बिहान ११ बजेबाट सुरु भएको छ । 
यस्तै प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पनि प्रधान कार्यालय हात्तिसारमा भिडियो कन्फ्रेन्स माध्यमबाट बिहान ११.३० बजेबाट सुरु भैसकेको छ । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १५% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश भएको छ । एनएमबि लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारणसभा होटल पोखरा ग्रान्डमा बिहान ११ बजे सुरु भएको छ । सभामा कम्पनीले २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।
यस्तै सुनसरी उद्योग वाणिज्य संघ धरानमा मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा बिहान १०.३० बजेदेखि सुरु भएको छ भने सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १५% बोनस सेयर र कर प्रयोजनका लागि प्रस्ताव गरेको ०.७९% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरेको छ । यता समृद्धि फाइनान्सको सभा होटल सामना हेटौडा–४ मकवानपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु भएको छ । सभामा कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: