×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काश्‍मीर उपत्यका चलचित्र छायांकनका लागि उत्तम लोकेसन भएको अभिनेत्री गरिमा गोयलको भनाई

PRIME CA

काश्‍मीर उपत्यका चलचित्र छायांकनका लागि उत्तम लोकेसन भएको अभिनेत्री गरिमा गोयलको भनाई

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

मुम्बई । बलिउड अभिनेत्री गरिमा गोयलले काश्‍मीर उपत्यका चलचित्र छायांकनका लागि उत्तम लोकेसन भएको बताएकी छन् । ‘यो फिल्म सुटिङका लागि एक अद्भुत स्थान हो र म यहाँ अधिक फिल्म इकाइहरु भएको हेर्न चाहान्छु,’ उनले भनिन् । सुटिङका लागि कश्मीरमा बस्‍ने नेटिफ्लिक्सको टोलीसँग रहेकी उनले मुम्बईको प्रोडक्शन हाउसमा आफ्ना साथीहरूलाई उनीहरूको झोला पैक गर्न र काश्मिरमा जान सुझाव दिने बताएकी छन् ।
‘पोल्याण्ड र स्विजरल्याण्ड जस्ता ठाउँहरूमा जानुको सट्टा कश्मीर आउनु उत्तम हुन्छ । के हाम्रो आफ्नै ठाउँमा सुटिङ गर्न हुँदैन र ?,’ सुपर लाउन्डीज र लिपस्टिक अण्डर माइ बुर्काजस्ता बलिउड फिल्महरूमा अभिनय गरेकी गरिमाले भनिन् । उनी तारक मेहता का उल्टा चस्मा, क्राइम पेट्रोल र टिभी कार्यक्रम अकबर बिरबलमा पनि अभिनय गरेकी छन् । गरिमाले काश्‍मीरको हिल स्टेशन गुलमर्ग पनि भ्रमण गरिन् । ‘हिउँ वर्षामा त्यहाँ हुनुको यो एक सुन्दर अनुभव थियो । मलाई एटीवी बाइक र स्लेज सवारीको आनन्द लाग्यो,’ उनले भनिन् । उनले कश्मीरी केहवाको पनि आनन्द लिइन् ।
‘यहाँ प्रस्तुत खानाले त होशै उडायो । म शाकाहारी भए पनि, मैले कश्मीरभन्दा राम्रो स्वादिस्ट आलु दाम र रज्मा चावल खाएको छैन,’ उनले भने, धेरै पर्यटकले काश्मिरी भोजनको स्वाद लिनसक्नेछन् ।’ गरिमाले कश्मिरीहरुको आतिथ्यबाट प्रभावित भएको बताइन् । ‘व्यक्तिहरू यहाँ धेरै सहयोगी छन् र तिनीहरू उस्तै प्रकृतिमा रहनुपर्छ,’ उनले भनिन् । उनले कश्मीरमा फिल्म र अन्य माध्यमहरूमार्फत पर्यटन उद्योगको प्रमोटन गर्न चाहेकोसमेत बताएकी छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: