×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुकुरी म्युजिक नेशन प्रतियोगिताको शिर्ष १६ प्रतियोगीहरुको नाम सार्वजनिक, ती को-को हुन् ?

LAXMI SUNRISE BANK
GLOBAL

खुकुरी म्युजिक नेशन प्रतियोगिताको शिर्ष १६ प्रतियोगीहरुको नाम सार्वजनिक, ती को-को हुन् ?

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोभिड १९ बाट उब्जेको परिस्थितिले हामी सबैलाई ठूलो मारमा पारिदिएको छ तर हामीले भन्ने गरे झैं शो चलि नै रहनु पर्छ, यसैले खुकुरी म्युजिक नेशनको ब्यानरमा खुकुरी म्युजिकले भर्चुअल साँगीतिक प्रतियोगिता शुरुवात् गरेको छ । यो भर्चुअल प्रतियोगिताले नेपाली संगीतका उदयमान प्रतिभाहरुलाई आफू स्वयम् र उनीहरुका प्रियजनहरुको समेत स्वास्थ्य सुरक्षा सुनिश्चित् गर्दै आफ्नै घरबाट आफ्नो सांगीतिक प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।
यस प्रतियोगितामा सहभागीता जनाउन आवेदन दिएकाहरु मध्येबाट शिर्ष १६ मा स्थानजमाउन सफल भएका प्रतियोगीहरुको नाम गत जनवरी १ तारिखमा खुकुरीको आधिकारिक युट्युब च्यानल र डिस होममा प्रदर्शित भव्य एवं बृहत्तर अन लाइन् कन्सर्टको दौरानमा सार्वजनिक गरिएको थियो । घोषित शिर्ष १६ प्रतियोगीहरु ऋनिश श्रेष्ठ, अन्जान रानाभाट, युनिक बज्राचार्य, किरण भुषाल, महेश चापागाईं, मोनिका राई, सन्देश गुरुङ्ग, सागर राई, सन्तोष घले, उमितश्रेष्ठ, सबिन मगर, राजु गुरुङ्ग,दर्शिका रेग्मी, कुसुमगिरी, अशिमथापा, र जिग्मे बाङचुक रहेका छन् । प्रतियोगिताको लागि नेपालभित्र रहेका र नेपालबाहिर बसेका नेपालीहरुले सहभागीताजनाएकाथिए ।
शिर्ष १६ प्रतियोगीहरुको चयनविपुल क्षेत्री, समृद्धि राई र सबिन राई सहितको निर्णायक मण्डलले गरेको थियो । प्रतियोगितामा सहभागीहुन इच्छुक आवेदकहरुले प्रतियोगिताको लागिउनीहरुको आफ्नो सांगीतिक कभर भिडियो आधिकारिक वेबसाइट खुकुरीम्युजिकडटकम माअपलोड, सम्मिलित गराएकाथिए । यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागिभोट गर्न सक्नेछन् । आफ्नो मनपर्ने प्रियकलाकारलाई प्रशँसकहरुले खुकुरीम्युजिकडटकम मा गएर भोट गर्न सक्नेछन् ।
संगीतसँग खुकुरी रमको सधैं सम्बन्ध रहँदै आएको छ । आफ्नो उपलब्ध मञ्चबाट नेपाली संगीतको विविधतालाई प्रवद्र्धन गर्नु खुकुरी रमको प्राथमिकतामा पर्दछ । खुकुरी यो मान्यता राख्छ कि नेपाली संगीत नै एक त्यस्तो तत्व हो जसको कारण हामी ठोकुवाका साथभन्न सक्छौं “गर्वका साथ नेपाली” ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी