×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारदेखि नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर बिक्री खुल्ला हुँदै, यी स्थानबाट आवेदन दिन सकिने…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मंगलबारदेखि नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर बिक्री खुल्ला हुँदै, यी स्थानबाट आवेदन दिन सकिने…

१२ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माघ १३ गते मंगलबारदेखि नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ । बैंकले १ सय अंकित मूल्यमा चुक्ता पूँजीको १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 
बैंकले हकप्रद बिक्रीका लागि पुस २९ गते बुक क्लोज गरिसकेको छ । पुस २८ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई तोकिएको छ । 
हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । हकप्रदमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: