×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस संक्रमणविरुद्धको खोप भारतभर निशुल्क वितरण गरिने

PRIME CA
GLOBAL IME BANK

कोरोना भाइरस संक्रमणविरुद्धको खोप भारतभर निशुल्क वितरण गरिने

२ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणविरुद्धको खोप भारतभर निशुल्क वितरण गरिने भएको छ । भारतका संघीय स्वास्थ्यमन्त्री हर्ष बर्धनले कोरोना महामारीविरुद्धको खोपका लागि कुनै शुल्क नलाग्‍ने बताएका हुन् । उनले भने, ‘महामारीविरुद्धको खोप देशभर निशुल्क वितरण गरिने भएकोले कसैले पनि शुल्क मागेमा नदिनुहोला । कोरोना खोप किन्‍नुपर्छ भन्‍ने हल्लामा विश्वास नगर्नसमेत आग्रह गर्दछु ।’
उनले खोप किन्‍न महँगो पर्ने र खोप लगाउने व्यक्तिले किन्‍नुपर्छ भन्‍ने हल्लाहरुको पछि नलाग्‍नसमेत अपिल गरेका छन् । उनले भने, ‘खोपको प्रभावकारिता र सुरक्षा नै हाम्रो प्राथमिकता रहेको छ । यसअघि पोलियो खोप अभियानका क्रममा पनि विभिन्‍न हल्लाहरु फैलाइएका थिए । मानिसहरुले खोप लगाए र अहिले भारत पोलियोमुक्त मुलुक बन्‍न सफल भएको छ ।’
खोप प्रयोगको रिहर्सल भारतभर चलिरहेको छ । भारतमा १६ जनवरीदेखि देशव्यापी खोप अभियान सञ्‍चालन गरिने भएको छ । त्यसका लागि पहिलो चरणमा एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्ट लाइनमा काम गर्नेहरुलाई खोप लगाइने जनाइएको छ । भारतमा जुलाईसम्म ३० करोडलाई खोप लगाइसक्ने लक्ष्य रहेको छ । यसअघि भारतले सरकारले कोरोना महामारीविरुद्धका दुई खोपलाई प्रयोगको अनुमति दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: