×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा भारतमा कोरोनाविरुद्धको युद्ध जितेको गृहमन्त्री अमित शाहको भनाई

PRIME CA

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा भारतमा कोरोनाविरुद्धको युद्ध जितेको गृहमन्त्री अमित शाहको भनाई

अर्थ सरोकार

११ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा भारतमा कोरोनाविरुद्धको युद्ध जितेको गृहमन्त्री अमित शाहले बताएका छन् । भारतीय गृहमन्त्री शाहले भने, ‘प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले सफलतापूर्वक कोरोनाविरुद्धको युद्ध जितेको छ ।’
भुलापुरा गाउँमा र्‍यापिड एक्सन फोर्सको ९७औं बटालियनको भवनको शिलान्यास गर्दै गृहमन्त्री शाहले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि महामारी नियन्त्रणतर्फ गएको बताएका छन् । गृहमन्त्री शाहले कोरोनाविरुद्धको खोपले महामारी अन्त्यको सुरुवात भएको बताएका छन् । कोरोनाविरुद्धको लडाईं अन्तिम चरणमा पुगेको उनले बताएका छन् । 
भारतको कोरोनाविरुद्धको खोप अभियानले भारतलाई आत्मनिर्भर बनाएको र अदृश्य शत्रुु लाई पराजित गर्ने दिशामा अघि बढाएको बताएका छन् । सन् २०१९ को अन्तिममा देखिएको कोरोना भाइरसले विश्‍वभर महामारीको रुपमा लिँदै करिब २० लाख मानिसहरुको मृत्यु भइसकेको छ । भारतमा जनवरी १६ मा विश्‍वकै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: