
नयाँ दिल्ली । कोरोना भाइरसको महामारीविरुद्ध प्रभावकारी मानिएको भारतीय कम्पनी भारत बायोटेकले विकास गरेको खोप कोभ्याक्सिनको बिक्रीका लागि उत्पादन गर्न अनुमति दिइएको छ । भारतको औषधि नियामक निकायले यस खोपलाई प्रभावकारी भएको भन्दै प्रयोग गर्न सकिने बताएपछि भारत सरकारले कोभ्याक्सिन खोप बिक्री वितरणका लागि उत्पादन गर्न अनुमति दिइएको छ ।
भारतका औषधि नियामक महानिर्देशक भीजी सोमानीले भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन खोपलाई आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने घोषणा गरेका थिए । कोभ्याक्सिन खोप भारतको पहिलो कोरोनाविरुद्धको खोप हो । यो खोप हरेक एकजनालाई दुई डोज लगाउनुपर्ने सुझाइएको छ । त्यसैगरि यस खोपलाई २ देखि ८ डिग्री सेल्सियसको तापक्रमणमा भण्डारण गर्नुपर्ने बताइएको छ ।
यससँगै सिरम इन्स्टिच्युटले उत्पादन गर्ने अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोपलाई पनि प्रयोगका लागि भारत सरकारले अनुमति दिइसकेको छ । भारतमा १६ जनवरीदेखि देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । सुरुवातको ६ महिनामा भारतमा ३० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भारत सरकारको योजना रहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ करोड खोप उत्पादन भएर भण्डारण गरिएको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्