×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो उद्यमीहरुका लागि बिजप्लस प्लानहरु, ती कुन-कुन हुन् ?

PRIME CA
GLOBAL IME BANK

एनसेलले ल्यायो उद्यमीहरुका लागि बिजप्लस प्लानहरु, ती कुन-कुन हुन् ?

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौैं । एनसेलले उद्यमीहरुका लागि बिजप्लस प्लानहरु संचालनमा ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरुलाई आवश्यकता अनुसारको सम्पुर्ण सेवा प्रवाह गर्न बिजप्लस प्लानहरु संचालनमा ल्याएको हो । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी  कार्यालयहरुले उनीहरुकै लागि विषेश रुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्ने भएका छन् ।
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यावसायले विभिन्न चुनौतिहरुको सामना गर्नु परिरहेको छ । यसै अवस्थाबीच एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियानअन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । 
आफ्नो पुरानो बिजप्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथ ग्राहकका आवश्यकता बमोजिम सेवा प्रवाह गर्नका लागि बिजप्लस प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यावसायीहरुलाई नव सामान्यीकरण आत्मसाथगर्दै छिटो अगाडी बढ्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि योगदान पुर्याउने भएको छ । 
नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यालयहरुलाई लक्षित गरी ल्याइएको छ । साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक रु १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्ने भएका छन् । यस्तै ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्ने भएका छन् ।
नयाँ बिजप्लस प्लानअन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात परिवार तथा साथिभाईका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरु पाउनेछन् । यसका साथै बिजप्लानप्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्ने भएका छन् । 
साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकताअनुसार ३० दिनको रु १४९ वा रु १९९ शुल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्छन् । कर्पोरेट ग्राहकले रु २९९ देखि रु १,४९९ सम्मका ६ वटा बिजप्लान मध्ये कुनै पनि प्लान सुचारु गर्न सक्ने भएका छन् । त्यस्तै सरकारी कार्यलयका ग्राहकले रु १४९ देखि रु ४९९ सम्मका ४ वटा प्लानहरु मध्ये आफ्नो आवश्यकताअनुसार कुनै पनि प्लान सुचारु गर्न सक्ने भएका छन् । बिजप्लानअन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन् ।

यी हुन एनसेलले ल्याएको बिजप्लस प्लानहरुः
  • आवश्यकता अनुसारको डेटा, भ्वाइस र एसएमएसका साथै निःशुल्क डिजिटल सेवाहरु
  • साना तथा मझौला व्यावसायी, ठूला कम्पनी र सरकारी कार्यलयका लागि मिल्ने प्लान
  • बिजनेस आवरमा एनसेल नेटर्वक भित्र निःशुल्क भ्वाइस र एसएमएस सेवा पाइने
  • मासिक शुल्क तिर्न ढिला भएपनि कल बारिङ नहुने
  • सीयूजी नम्बर भित्र निःशुल्क कल सेवा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: