
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले बैंक सञ्चालक समितिको ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । सभाले लाभांश पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको २.४२ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश र ६ प्रतिशतका दरले बोनस सेयर गरी सो ८.४२ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको वार्षिक साधारणसभा काठमाडौंको कमलादीस्थित कम्पनीको सभाकक्षमा जुम वेविनार मार्लत सम्पन्न भएको हो ।
सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अर्ब पुर्याउने र जारी तथा चुक्ता पुँजीमा बोनस सेयर जारी भए अनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ । सभाले आर्थिक वर्ष. २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को वार्षिक वित्तीयविवरणहरु पारित गर्नुका साथै बैंकका सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आ.व. २०७६/०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरेको थियो ।
साथै, बैंकले आ.व. २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिश गरिए बमोजिम लेखापरीक्षक सुधिरकुमार शर्मा, एस एण्ड एस एशोसियटस्, चार्टर्ड अकाउन्टेन्टसलाई पुनःनियुक्ति गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्