
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । नेपाल बङ्गलादेश बैंकले शाखा विस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १, सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले २०७७, माघ ७ गतेबाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो ।
भक्तपुर जिल्लामा उक्त शाखा बैकको तेस्रो शाखा हो । उक्त शाखाको औपचारिक समुद्घाटन प्रमुख अतिथी भूतपूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए । उद्घाटन समारोह बैक संचालक समितिका सदस्य श्री दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो धारणा राखेका थिए । साथै सोही अवसरमा शाखा परिसरमा रहेको एटिएमको सुभारम्भ पनि प्रमुख अतिथी बस्नेतले गरेका थिए ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । सिरुटार शाखा सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्