×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सको ५ लाख १५ हजार कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने !

PRIME CA

नेपाल फाइनान्सको ५ लाख १५ हजार कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने !

२४ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । नेपाल फाइनान्सको ५ लाख १५ हजार २४८.२५ कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १७ गतेबाट संस्थापक समूहको २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९.५० कित्ता सेयर लिलामीमा ल्याएको थियो ।  
लगानीकर्ताले कम्पनीको सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद पुस २४ गतेसम्म तोकिएको छ । यसअघि कम्पनीले मंसिर ४ गतेबाट २४ गतेसम्म १६ लाख ९७ हजार ५०६.२५ कित्ता (१२५%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । 
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादीबाट आवेदन दिन सकिनेछ । साथै प्रभु बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: