- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको १३% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछिको भाउ ४७८ रुपैयाँ निर्धारण गरिदिएको छ । नेप्सेले तोकिदिएको सो भाउलाई आधार मानेर आज बैंकको सेयर कारोबार खुलेको छ । नेप्सेले मंगलबार अन्तिम कारोबार मूल्य ५४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।