×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश पाउन सेयरधनी बन्ने माघ १३ गते अन्तिम दिन, साधारणसभा कहिले ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पाउन सेयरधनी बन्ने माघ १३ गते अन्तिम दिन रहेको छ । संस्थाको ५१% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको हो । संस्थाले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ भने माघ २८ गते वार्षिक साधारणसभा हुँदैछ । नेपाल लाइफले ३१% बोनस सेयर र करसहित २०% नगद गरी कुल ५१% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ ।
सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे सुरु हुनेछ । माघ १३ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् । सभामा सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: