×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऐतिहासिक बिन्दुमा नेप्से

GLOBAL IME BANK
SHREE KESH

ऐतिहासिक बिन्दुमा नेप्से

२२ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से बढेको छ । मंगलबारको तुलनामा बजार १३.०७ अंकले बढेर २१७८.५७ बिन्दुमा पुगेको छ ।  यो हालसम्मकै उच्च बिन्दु हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०५ कम्पनीको १ करोड ५३ लाख ५ हजार २१६ सय कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४२ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २१ करोड ३३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: शिखर इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आज २ समूहबाहेकका अरु सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका  लगानीकर्ताहरुले कमाएका छन् भने नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: