
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से घटेको छ । नेप्से परिसूचक सोमबारको तुलनामा १७.७९ अंकले घटेर २४२३.०९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०९ कम्पनीको १ करोड ९६ लाख ६ हजार ५५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २७ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यस कम्पनीको १ अर्ब ४५ करोडको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल बैंक र शिखर इन्स्योरेन्सको भएको छ । आज २ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने शिब श्री हाइड्रोपावका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्