×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनको ३ वटा टेलिकम्युनिकेसन कम्पनीलाई न्युयोर्क स्कट एक्सचेन्जले आफ्नो सूचीबाट हटायो

PRIME CA
GLOBAL IME BANK

चिनको ३ वटा टेलिकम्युनिकेसन कम्पनीलाई न्युयोर्क स्कट एक्सचेन्जले आफ्नो सूचीबाट हटायो

२६ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

न्युयोर्क । न्युयोर्क स्टक एक्सचेन्जले तीनवटा चिनियाँ कम्पनीहरुलाई आफ्नो सूचीबाट हटाएको छ । बढ्दो सुरक्षा चिन्ताका बीच अमेरिकी कार्यकारी आदेश अनुसार तीनवटा चिनियाँ टेलिकम्युनिकेसन कम्पनीलाई न्युयोर्क स्टक एक्सचेन्जले आफ्नो सूचीबाट हटाएको हो । चिनियाँ सेनासँग सम्बन्ध भएको खुलासा भएपछि ती कम्पनीहरुलाई हटाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । 
एनवाइसीले जारी गरेको विज्ञप्ति अनुसार चिनियाँ मोबाइल, चाइना टेलिकम र चाइना युनिकोम हङकङ तीन कम्पनीहरु जनवरी ७ देखि जनवरी ११ सम्म सूचिकरणबाट हटाइसक्ने जनाइएको छ । हङकङमा छुट्टै लिस्टिङ भएका यी कम्पनीहरूले अमेरिकामा कुनै अर्थपूर्ण उपस्थिति बिना चीनका लागि सबै राजस्व तिरिरहेका छन् । यसैले अमेरिकी माटोलाई प्रयोग गर्दै अपमानजनक व्यापार अभ्यास चीनमा लगानीका लागि रकम संकलन गर्ने काम गरिरहेका छन् । यी कम्पनीहरु अमेरिकी लगानीकर्ताबाट पैसा लिएर सैन्य क्षेत्रमा लगानी गरिरहेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १२ मा एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जसले अमेरिकीहरुलाई ३१ चिनियाँ कम्पनीमा लगानी गर्न प्रतिबन्ध लगाएको थियो ।उक्त आदेशले अमेरिकी लगानीकर्तालाई पेन्टागनले सैन्य सम्बन्ध भएको भनी तोकेको चिनियाँ कम्पनीको सूचीमा सेयर किन्न वा बेच्न प्रतिबन्ध लगाएको छ । ‘अमेरिकी राष्ट्रिय सुरक्षाका लागि चिनियाँ कम्युनिष्ट पार्टीको धम्की हाम्रो वित्तीय बजारमा फैलिएको र अमेरिकी लगानीकर्तालाई असर पार्छ’ , विदेश विभागले एक तथ्यात्मक प्रतिवेदनमा भन्यो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: