×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको नयाँ सेवा सुरु, डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

PRIME CA

एनआईसी एशिया बैंकको नयाँ सेवा सुरु, डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

अर्थ सरोकार

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणाली सुरु गरेको छ । बैंकले आफ्नो वेबसाइमा रहेको आइसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको हाे । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको बैंकले जनाएकाे छ । 
आइसर्भ सेवा भित्र सेवाग्राहीहरूले बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरीफाई गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्ने र त्यसपश्चात ग्राहकहरुले इन्सटान्ट कार्ड वा नेम इम्बाेस्ड कार्ड तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको बैंकले जनाएकाे छ । बैंककाे अनुसार यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएस मार्फत रिफरेन्स कोड सहित जानकारी गराइने र ग्राहककाे आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकरूलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था गरेकाे छ ।
उक्त रिफरेन्स कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले अनुरोध गरेका डेबिट कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: