×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ४ कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन, कति छ भाउ ?

PRIME CA

एनआइसी एसिया बैंकको ४ कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन, कति छ भाउ ?

२४ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १९ गतेबाट ४ वटा कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४, एसियन लाइफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता र नेसनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता सेयर लिलामीमा ल्याएको हो । 
नागरिक लगानी कोषको सेयरको न्यूनतम १७ सय १५, सूर्या लाइफको ३३७, एसियनको ४६९ रुपैयाँ र नेसनल लाइफको ५५० रुपैयाँ भाउ राखेर लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने पुस २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन पेस गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: