×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, भाग्यमानी ४ लाख ९२ हजारले ६० कित्ता सेयर पाउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, भाग्यमानी ४ लाख ९२ हजारले ६० कित्ता सेयर पाउने

Artha Sarokar

१५ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आइपिओ ४ लाख ९२ हजारले ६० कित्ता सेयर पाउने भएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बैंकको आईपिओको प्रि अलोटमेन्ट हिजो बुधबार गरेको हो । क्यापिटलले आईपिओ बाँडफाँड भने भोलि शुक्रबार आफ्नै कार्यालयमा बिहान १० बजे गर्ने भएको हो ।
आईपीओमा आवेदन दिएकामध्ये कूल १४ लाख ७५ हजार ८ जनाको आवेदन रितपूर्वक रहेका छन् भने ६ हजार २७६ जनाको आवेदन रद्द भएका छन् । रितपूर्वक आवेदन दिएकामा १० कित्ताभन्दा बढी र ५० कित्तासम्म आवेदन दिएका लगानीकर्ताले आफुले माग गरेजति नै सेयर पाउने भएका छन् । ६० कित्ता वा सो भन्दा बढी माग गर्ने आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाउने भएका छन् ।
क्यापिटलले ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट बाँडफाँड गरिने जनाएको छ । गोलाप्रथामा कूल ११ लाख ९४ हजार ४ जना आवेदक समावेश हुनेछन् भने भाग्यमानी ४ लाख ९२ हजारले मात्रै बैंकको थप १० कित्ता गरी अधिकतम ६० कित्ता सेयर पाउनेछन् । बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेकाे थियाे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी