×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफा ५७.०९ प्रतिशतले बढाउन सफल ! (विस्तृत विवरणसहित)

PRIME CA

एनएमबि लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफा ५७.०९ प्रतिशतले बढाउन सफल ! (विस्तृत विवरणसहित)

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास एनएमबि लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५७.०९% ले बढेको छ । संस्थाले यसअवधिमा खुद नाफा ५७.०९% ले बढाएर ७ करोड ७० लाख ८४ हजार रुपैयाँ आर्जन गर्न सफल भएको हो । गत वर्षको सोहि अवधिमा संस्थाले ४ करोड ९० लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।  यस्तै संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । 
खुद ब्याज आम्दानी ५३.६६% ले बढेर २१ करोड १ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने  सञ्चालन नाफा १५३.१५% ले बढेर १२ करोड १९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । एनएमबि लुवित्तको खराब कर्जा भने १.८३% ले बढेर ४.६५% पुगेको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ०७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: