×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ ऋणको चंगुलमा फस्यो पाकिस्तान

PRIME CA
GLOBAL IME BANK

चिनियाँ ऋणको चंगुलमा फस्यो पाकिस्तान

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

इस्लामावाद । चीनले बिआरआई र अन्य विभिन्‍न लगानी ऋणको नाममा ती मुलुकहरुको राजनीतिक र रणनीतिक स्वतन्त्रतामाथि कब्जा गर्ने क्रमलाई पछिल्लो समय तिव्रता दिइरहेको छ । यही क्रममा पाकिस्तान पनि चिनियाँ ऋणको चंगुलमा फसेको विज्ञहरुले बताइरहेका छन् । 
पाकिस्तानमा चीन-पाकिस्तानी आर्थिक करिडोर र बीआरआईका नाममा ठूलो लगानी गरेको छ । उक्त लगानी ऋण चुक्ता गर्न नसक्दा पाकिस्तानले अहिले आफ्नो राजनीतिक र रणनीतिक स्वायत्तता पनि गुमाउँदै गएको विज्ञहरुले बताएका छन् । चीनले आफ्नो बीआरआई (बेल्ट र रोड पहल) परियोजनाको साथ पाकिस्तान पूर्ण रूपमा ऋणमा डुबेको छ । पाकिस्तानले आफ्नो क्षेत्रहरूको रणनीतिक स्वायत्ता गुमाउन बाध्य भएको छ । 
चीनले सीपीइसीको नाममा आर्थिक र रणनीतिक हिसाबले पाकिस्तानमाथि शोषण गरिरहेको छ । सत्तारुढ दल पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) सँग सम्बद्ध एक थिंक ट्यांक नीति सुधार संस्थान (आईपीआर) ले यो मुलुक यसअघि नै ऋणमा फसेको बताएको थियो । यसले सुधार र वित्तीय संयम ल्याउन सरकारको असफलतालाई उद्धृत गर्दै परिस्थितिलाई राष्ट्रिय सुरक्षा चिन्ताको विषयको रुपमा लिनुपर्ने सुझाएका थियो ।
यो राष्ट्रिय सुरक्षा चिन्ताको विषय हो, जसमा विशेष गरी इस्लामावाद, वाशिंगटन र नयाँ दिल्लीलाई यसले झस्काएको छ । आईपीआर र स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) को रिपोर्टका अनुसार जीडीपी अनुपातमा पाकिस्तानको ऋण हाल जीडीपीको १०७ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण जीडीपीको ७२ प्रतिशत ९५ बिलियन अमेरिकी डलरबाट बढेर ८७ प्रतिशत अर्थात ११२ बिलियन अमेरिकी डलर पुगेको छ । 
मिडिया रिपोर्टहरुका अनुसार चीनले इस्लामावादले ६ दशमलव १ बिलियन अमेरिकी डलरको मुख्य लाइन-१ (एमएल -१) रेल परियोजनालाई एक प्रतिशत ब्याजदरमा आर्थिक सहयोग गर्न आग्रह गरेको छ । जुन चिनियाँ प्रमुख सीपीईसी (चीन-पाकिस्तान आर्थिक कोरिडोर) परियोजनाको सबैभन्दा ठूलो अंश हो । सीपीईसीको लागी १२२ वटा परियोजनाहरुमध्ये ३२ वटामा मात्र राम्रो प्रगति भएको देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: