×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैधरुपमा सत्ता सम्हालिरहेका इमरान खानलाई पदमुक्त गर्न पीडीएम दृढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अवैधरुपमा सत्ता सम्हालिरहेका इमरान खानलाई पदमुक्त गर्न पीडीएम दृढ

Artha Sarokar

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामावाद । पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (पीडीएम) का प्रमुख मौलाना फजलुर रहमानले विपक्षी आन्दोलन अब प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको अवैध सरकार मात्र नभई उनीहरूका समर्थकहरूको पनि हुने बताएका छन् । विपक्षी गठबन्धन प्रमुखले पीडीएम भित्र मिडियाले चलाएको अभियान हो र पीडीएम इमरान खान र उनको अवैध सरकारलाई हटाउन अझ बढी कटिबद्ध भएको बताएका छन् ।
राईविन्डमा पीडीएम नेताहरूको बैठकपछि रहमानले भने कि विस्तृत छलफलपछि विपक्षीले आगामी उपचुनावमा भाग लिने निर्णय गरिको तर संसदीय चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय नभएको बताएका छन् । ‘सैद्धान्तिक रूपमा हामी कुनै पनि संस्थाको चुनावको विपक्षमा छैनौं तर संसदी चुनाव नभएसम्म केही समय हुन्छ, ’ उनले भने, ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै भविष्यको पीडीएम बैठकमा अन्तिम निर्णय लिनेछ ।’
पीडीएम प्रमुखले भने, ‘पीडीएम पहिलेभन्दा शक्तिशाली देखिएको छ र यो अवैध सरकारको चंगुलबाट देशलाई बचाउन पहिलेभन्दा बढी दृढ संकल्पित छ । सबै दलहरु एकमत छन् ।’ आन्दोलनको दिशातर्फ अघि बढिरहेका छौं । सरकारले दिने हरेक चुनौती सामनाका लागि तयार भएकोसमेत बताएका छन् । पीडीएमले इमरान खानलाई जनवरी ३१ सम्म पदबाट राजीनामा दिन अल्टिमेटम दिएका छन् । प्रधानमन्त्री खानले राजीनामा नदिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनीसमेत दिएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी