×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मजदुरहरु लक्षित आतंकवादी हमलाद्धारा पाकिस्तानमा अझै आतंकवादी नेटवर्क रहेको पुष्टि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मजदुरहरु लक्षित आतंकवादी हमलाद्धारा पाकिस्तानमा अझै आतंकवादी नेटवर्क रहेको पुष्टि

Artha Sarokar

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामावाद । पाकिस्तानमा हाल पनि आतंकवादी नेटवर्कहरु सक्रिय भएर आतंकवादी गतिविधिहरु सञ्‍चालन गरिरहेका छन् । जनवरी ३ मा ११ हजारा मजदुरहरु लक्षित आतंकवादी हमलाले पाकिस्तानमा अझै आतंकवादी नेटवर्क रहेको पुष्टि गरिएको हो । कोइला खानीमा काम गर्ने मजुदुरहरु लक्षित आक्रमण एक अप्रत्याशित घटना भएको र पाकिस्तानले आतंककारीहरूलाई उक्साउने, वित्त पोषण गर्ने, तालिम दिने र हतियार उपलब्ध गराउने काम गरिरहेको पाइएको हो । 
हजाराको लक्षित हत्या पाकिस्तानको सुन्नी कट्टरपन्थीहरूले शिया अल्पसंख्यकहरूविरूद्ध चलिरहेको वैचारिक युद्धको एक हिस्सा हो । जुन छिमेकी ईरानले बदला लिनका लागि जोखिममा पार्ने क्रूर अभियान चलाइरहेको छ । सन्‌ १९८० को दशकदेखि सुन्‍नी जिहादी आतंककारीहरूले यस्ता अभियानहरू निरन्तर गरिरहेको देखाउँछ । पाकिस्तानी राज्यले बारम्बार दावी गरे पनि जेहादी नेटवर्कहरू हटाउन असफल भएको पाइएको हो । यसबाहेक सोभियत कम्युनिस्टहरूको प्रतिरोध गर्न धार्मिक विचारधाराको प्रयोग अहिले अमानवीय भएको र नियन्त्रण गर्न असम्भव भएको पाइएको हो । 
पाकिस्तानले धार्मिक अल्पसंख्यकलाई निशाना बनाइरहेको छ । एसिया टाइम्सका लागि लेखेका सलमान रफी शेखले सुन्नी आतंकवादी समूहले ११ हजार शियाको निर्मम हत्याले इमरान खानको पाकिस्तानमा आतंकवाद जीवित रहेको देखाउने बताएका छन् । लश्कर-ए-झंगावी (एलजे), एक पञ्‍जाब स्थित सुन्नी सर्वोच्चतावादी जिहादी समूहले उक्त हत्याको लागि जिम्मेवारी लिएको छ । तिनीहरू लगातार हजारलाई लक्षित गर्दै आएका छन् । २०१३ मा एलजेले पाकिस्तानको क्वेटा शहरमा बम विष्फोट गराएको थियो, जसमा दुई हजारभन्दा बढी हजाराहरु मारिएका थिए । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी