×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानमा बाल विवाहको जोखिम न्युनिकरण हुन नसकिरहेको स्तम्भकार सुलमान अलिको भनाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पाकिस्तानमा बाल विवाहको जोखिम न्युनिकरण हुन नसकिरहेको स्तम्भकार सुलमान अलिको भनाई

Artha Sarokar

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामावाद । पाकिस्तानमा जबरजस्ती बाल विवाहको जोखिम न्युनिकरण हुन नसकिरहेको स्तम्भकार सुलमान अलिले बताएका छन् । स्तम्भकार अलिले पाकिस्तानमा जबरजस्ती बालविवाह निरन्तर चलिरहेको र बारम्बार भएका घटनाहरूले यो मुद्दा मुलुकमा गहिरो जरा गाडेको देखाउने बताएका छन् । हालसालै १३ वर्षीया क्रिश्चियन बालिका आर्जुलाई अपहरण गरिएको थियो । उनलाई अपहरण गरेपछि जबरजस्ती धर्म परिवर्तन गराएर एक मुस्लिम पुरुषसँग विवाह गराइएको थियो । 
आर्जुको मुद्दाले मुलुकमा जबरजस्ती बालविवाहको बहसलाई पुन जगाएको अलिले बताएका छन् । द नेसनमा प्रकाशित स्तम्भमा अली लेख्छन्, ‘पाकिस्तानमा बाल विवाहको जोखिम अन्त्य भएको छैन । किनभने कराचीमा जबरजस्ती विवाह र अल्पसंख्यक ईसाई बालिकाको धर्म परिवर्तन गर्ने अर्को घटना पनि सामने आएको छ । बारम्बार भएका घटनाहरूले यस मुद्दालाई औल्याएको छ कि यो देशमा गहिरो जरा गाडेको छ ।’ अप्रिल २०१९ मा पाकिस्तानी सिनेटले बाल विवाह कानून पारित गरे पनि विवाहको न्यूनतम उमेर १८ वर्ष तय गरेको छ । तर, पाकिस्तानमा नाबालिगलाई अपहरण गर्ने र जबरजस्ती बाल विवाह गराउने घटनाहरुमा भने नरोकिएको उनले बताएका छन् । 
पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का नेता शेरी रहमानले विधेयक प्रस्तुत गरेका थिए । कराचीको कानुन बमोजिम नाबालिग विवाह कानूनविरूद्ध हो । यस्तो काम गर्नेलाई तीन लाखसम्म जरिवाना गराउने र तीन वर्ष जेल सजाय हुने प्रावधान छ । तर, उक्त विधेयक पाकिस्तानको नेशनल एसेम्ब्लीले खारेज गरेको थियो । मानव अधिकार मन्त्री शिरीन मजारी र अधिकांश महिला सांसदहरूले यस विधेयकको समर्थन गरे पनि पर्याप्त मत भने पुग्‍न सकेन । पाकिस्तान सरकारले पनि बालविवाह रोक्‍नका लागि कुनै ठोस पहल लिएको छैन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी