×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन, काश्‍मीर पाकिस्तानको नभएको दावी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पाकिस्तानविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन, काश्‍मीर पाकिस्तानको नभएको दावी

Artha Sarokar

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काश्‍मीर । पाकिस्तानविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन गरिएको छ । पाकिस्तान सरकारले गरेको मानवअधिकार उल्लंघन र गलत व्यवहार र कुशासनविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन गरिएको हो ।
पाकिस्तान सरकारले एकाएक महँगी बढाएको, भ्रष्टाचार गरेको र नागरिकहरुलाई अनावश्यक पक्राउ गर्ने र आन्दोलन दबाउन खोजेको भन्दै मंगलबार बृहत प्रदर्शन गरिएको हो । गत १ महिनादेखि पाकिस्तानमा सरकारको कुशासनविरुद्ध प्रदर्शन गरेपनि पाकिस्तानी सेना र आईएसआईका प्रतिनिधिहरुले नेतृत्व गरिरहेको सरकारले आन्दोलनलाई दबाउने काम गरिरहेको थियो ।
आफ्ना माग पूरा गर्नुपर्ने भन्दै गरिएका शान्तिपूर्ण आन्दोलनहरु दबाउन खोजेपछि थप आन्दोलनहरु चर्किएका हुन् । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी गर्नुका साथै पुलहरुसमेत भत्काएका छन् । उनीहरुले काश्‍मीर पाकिस्तानको नभएको र आगामी दिनमा पनि हुन नसक्नेसमेत बताएका छन् । केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा समेत लिएको छ । यसअघि जनवरी १३ मा पनि काश्‍मीरमा बृहत प्रदर्शन गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी