×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भय घटेसँगै फुर्सदिलो बने पश्चिमी नाका, आँखा जाँचका लागि विशेष पास, अन्य गतिविधि कस्तो ?

अर्थ सरोकार

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार

PRIME CA

कोरोना भय घटेसँगै फुर्सदिलो बने पश्चिमी नाका, आँखा जाँचका लागि विशेष पास, अन्य गतिविधि कस्तो ?

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना महामारीको डर जनमानसमा कम भएसँगै नेपाल भारत सिमा नाका पनि फुर्सदिलो बन्दै गएका छन् । सुदूरपश्चिमको मुख्य नाकाको रुपमा रहेको त्रिनगर भन्सार नाका पनि यतिबेला सुनसान प्राय बनेको छ । कोरोना महामारीका बेला निकै व्यस्त र कडाई हुने गरेको उक्त नाकाको जनजिवन पछिल्लो समय सामान्य बन्दै गएको छ । 

कस्तो छ आवतजावतको अवस्था ? 
कुुनै बेला भारतबाट नेपाल भित्रिने नेपाली र नेपालबाट भारत जानेको थेगिनसक्नुको लर्को लाग्ने उक्त नाकामा अहिले भने दैनिक २ देखि ३ सयको मात्रै आवतजावत हुने गरेको पाइएको छ । ‘आजभोली प्राय कुनै काम प्रयोजनका लागि मात्रै सिमापार जाने र नेपाल आउने गर्दछन्’, एक सुरक्षाकर्मीले भने, ‘धेरैजसो उपचारको शिलशिलामा आवतजावत गर्छन् ।’ त्यस्तै कुनै प्रयोजनका लागि नेपाल भित्रिने भारतियहरुको हकमा कामको प्रमाणिकरण गरेर मात्रै प्रवेश गराइएको जनाइएको छ । 

सुरक्षा व्यवस्था कस्तो ? 
कोरोना महाकारीका कारण गत सालको चैत्र महिनादेखी निकै कडा सुरक्षा व्यवस्था रहेको त्रिनगर भन्सार नाकामा पछिल्लो समय सुरक्षा व्यवस्था भने फितलो बन्दै गएको छ । अवस्था समान्य बन्दै गएको पछिल्ला दिनमा कोरोना चेकजाँचको अवस्था पनि निकै चिन्ताजनक देखिएको छ । यद्यपि नाका हुँदै नेपाल भित्रिहरुले कोरोना रोकथाम र नियन्त्रणका लागि अति आवश्यक मानिने मास्कको समेत प्रयोग गरेका छैनन् । 

आँखा जाँचका लागि विशेष पास !
सामान्य बन्दै गईरहेको नाकामा आँखा उपचारका लागि विशेष पास उपलब्ध गराईदै आएको छ । भारतका विभिन्न शहरबाट उपचारका लागि आउने सेवाग्राहीहरुको सहजताका लागि धनगढीमा रहेको गेटा आँखा अस्पतालले नाकाबाटै विशेष पास उपलब्ध गराउन थालेको हो । अस्पतालमा कार्यरत ओपी रानाले भारतबाट उपचारका लागि आउनेहरुलाई आधारकार्डको आधारमा पास दिने गरेको बताए । उक्त पासको दुरुपयोग होला ? भन्ने प्रश्नमा उनले भने, ‘उनिहरुको आधारकार्ड हामीसँगै हुन्छ, अस्पतालमा पुगेर उपचारप्रश्चात आधारकार्ड दिने गरेका छौँ त्यसैले पनि दुरुपयोग हुने सम्भावना न्युन हुन्छ ।’ उक्त विशेष पासका लागि प्रशासनसँग पनि सम्झौता गरिएको रानाले बताए । 

सिमानाकामा नागरिकको चाप कम हुन थालेपछि कर्मचारी तथा सुरक्षाकर्मीहरुपनि फुर्सदिन बन्न थालेका छन् । आयात निर्यात पनि सामान्य बनेको छ भने नाका वरपरको व्यापार पनि उक्लिदै गएको छ । यद्यपी कोरोना लक्षित सुरक्षा व्यवस्था कमजोर हुँदा जोखिम भने यथावत नै रहको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: