×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : असनमा उपभोक्तालाई तरुल, चाकु, तिलका लड्डु किन्न भ्याईनभ्याई, झापामा मनाईयो भाक्का दिवस

PRIME CA

देश बोल्ने फोटो कथा : असनमा उपभोक्तालाई तरुल, चाकु, तिलका लड्डु किन्न भ्याईनभ्याई, झापामा मनाईयो भाक्का दिवस

२९ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले माघे सङ्क्रान्तिका दिन खानका लागि काठमाडौँको असनमा घिउ, चाकु, तिलको लड्डु किन्दै गरेका उपभोक्तादेखि देशभर घटेका घटनाहरुसम्मका दृश्यलाई फोटोमा समेटेका छौं । 
हेरौं फोटो समाचार : 
माघे सङ्क्रान्तिका दिन खानका लागि काठमाडौँको असनमा घिउ, चाकु, तिलको लड्डु किन्दै उपभोक्ता । मकर सङ्क्रान्तिमा घिउ, चाकु, तिलका लड्डु, तरुल, पिडालुलगायत परिकार खाने गरिन्छ । 
भोली  परेको  माघेसङ्क्रान्ति पर्वमा  खान काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता । मकर सङ्क्रान्तिमा घिउ, चाकु, तिलको लड्डु, तरुल, पिडालुलगायत परिकार खाने गरिन्छ ।
झापाको बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा भाक्का दिवसका अवसरमा निः शुल्क भाक्का वितरण गर्दै महिला । पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रुपमा  मनाउने गरेका छन् । 
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङ्गटारमा बुधबार दिउँसो  दुर्घटना भएको  बा १६ च ४१५४ नम्बरको  कुखुरा बोक्ने गाडी । काठमाडौँबाट मुग्लिनतर्फ जादैँ गर्दा  अनियन्त्रित  भई सडकको बीच भागमा पल्टिदाँ  चालक सामान्य घाइते  भएका  छन् ।  अहिले  सडक  एकतर्फी मात्र सुचारु  छ । 
काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता ।
माघे सङ्क्रान्तिका दिन खानका लागि काठमाडौँको असनमा घिउ, चाकु, तिलको लड्डु किन्दै उपभोक्ता । मकर सङ्क्रान्तिमा घिउ, चाकु, तिलका लड्डु,तरुल,पिडालुलगायत परिकार खाने गरिन्छ ।
तोरी र गहुँबालीले रमणीय देखिएको बागलुङ नगरपालिका–६, भान्सा गाउँ । 
अन्नपूर्ण गाउँपालिका–१ स्थित नौडाँडाका महिला माघेसङ्क्रान्तिका लागि सखरखन्ड किन्दै ।
जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको सचेतनामूलक कार्यक्रममा सनातन धर्म माविमा सहभागी विद्यार्थी शिक्षकहरुलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमका बारेमा जानकारी गराइँदै ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तामाघाटस्थित लगाएको आलु खेतीमा लाग्ने रोगबाट बचाउन किटनाशक औषधि छर्कदै किसान । पाँचखाल आलु खेतीका लागि प्रख्यात छ । 
इलामको उच्च पहाडी सन्दकपुरमा भेंडा धपाउँदै गोठाला । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेंडाको बथानसँगै गोठालाहरु औल क्षेत्रमा झर्ने गरेका छन् । भेडागोठहरु मङ्सिरबाट औल क्षेत्रमा झारेर पुस, माघ र फागुन महिनाको अन्त्यबाट हिमाली क्षेत्रको चरन क्षेत्रमा पुग्ने गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: