×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईयूले ३ महिना बढायो पाकिस्तान एयरलाइन्समाथिको प्रतिबन्ध

PRIME CA

ईयूले ३ महिना बढायो पाकिस्तान एयरलाइन्समाथिको प्रतिबन्ध

अर्थ सरोकार

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

इस्लामावाद । युरोपियन युनियन उडड्यन सुरक्षा एजेन्सी (ईएएसए) ले पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) माथि लगाइएको प्रतिबन्ध तीन महिनाले बढाएको छ । पाकिस्तानी अधिकारीहरुले यसअघि लगाइएको प्रतिबन्ध हटाइने अपेक्षा गरेका थिए । तर, ईयूले भने तीन महिना प्रतिबन्ध थप गरेको हो । ईएएसएले शनिबार ध३४नागरिक उड्डयन प्राधिकरण (सीएए) को सुरक्षा अडिटपछि मात्र यो प्रतिबन्ध हटाइने पीआईएलाई जानकारी गराएको हो । 
सुरक्षाका कारण ईएएसएले जुलाईमा पीआईएलाई ईयू सदस्य देशहरूमा उडान सञ्चालन गर्ने अधिकार जुलाई महिनाका लागि स्थगित गरेको थियो । शुक्रबार, पाकिस्तान उड्डयन मन्त्री गुलाम सरवार खानले वाणिज्यिक पाइलटहरुलाई इजाजत पत्र जारी गर्ने प्रक्रिया सम्बन्धी चिन्ताहरु सम्बोधन भएको र चाँडै युरोपियन देशहरुमा पीआईएका उडानहरुमाथि लगाइएको प्रतिबन्धहरु हटाइने जनाएका थिए । 
यद्यपि, एक वरिष्ठ पीआईआई अधिकारीले पीआईएले एयरलाइन्सको अनुरोधको जवाफमा निराशाजनक सन्देश प्राप्त गरेको पाकिस्तानी सञ्‍चारमाध्यम डनलाई पुष्टि गरेका छन् । उनले पाकिस्तानी राष्ट्रियध्वजाबाहकले युरोपियन एजेन्सीलाई युरोपियन गन्तव्यस्थलमा उडानहरु सञ्‍चालन गर्न अस्थायी अनुमति दिन आग्रह गरेको थियो । पीआईएले ईयूका शर्तहरु पूरा गरेको उल्लेख गर्दै अस्थायी उडान अनुमति माग गरेको थियो । तर, ईयूले भने प्रतिबन्ध लगाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: