- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सको सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउंदैछ । संस्थाले शुक्रबार नेप्सेमा सेयर सुचिकृत गराएसँगै आइतबारदेखि सेयर कारोबार खुल्ने भएको हो । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि पिएलआई (PLI) कारोबार संकेत प्रदान गरेको छ ।
नेप्सेले कम्पनीलाई न्यूनतम १०९.५६ रुपैयाँदेखि अधिकतम ३२८.६८ रुपैयाँसम्मको पहिलो कारोबार रेञ्ज प्रदान गरेको छ । जसअनुसार पहिलो कारोबार अधिकतम रेञ्ज ३२८ रुपैयाँमा कारोबार खुल्नेछ ।