- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक २२.१८ अंकले बढेर २ हजार ४४७ दशमलव ०२ अंकमा पुगेको हो ।
आज प्रि ओपनिङ्ग सेसनमा ५५ कम्पनीको ४६ हजार ६३४ कित्ता सेयर १ करोड ७५ लाख २८ हजार ३६५ रुपैयाँमा खरीदबिक्री भएको छ ।
५५ कम्पनीकोमध्ये ४० कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।