- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीको बैंक खातामा ८% नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गरेको नगद लाभांश सेयरधनीको खातामा पठाएको हो । अहिलेसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले भनेको छ । बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ ।