
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंककाे आफ्नो ५६औँ वार्षिकोत्सव सम्पन्न भएकाे छ । सोमबार सिंहदरबारप्लाजा, काठमाडौँमा रक्तदान कार्यक्रमको आयोजनाकाे साथ बैंककाे ५६ औँ वार्षिकोत्सव सम्पन्न भएकाे हाे ।डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले आफु डिजिटल माध्यमबाट नयाँ सेवामा गइरहेको बताएको छ ।
खासगरी कोभिड १९ को संक्रमणपछि लेस क्यास ट्रान्जेक्शन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडी बढाउने र यसलाई निरन्तरता दिने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।जस्तोसुकै विषम परिस्थितिमा पनि बैंकिङ कारोबारलाई सुचारु राख्ने तथा वैकल्पिक माध्यम अपनाएर भएपनि बैंकका गतिविधि अगाडी बढाउने उनको भनाई छ । ग्राहकलाई नयाँ सेवा सहजतरीकाले कसरी दिने भन्नेमा राष्ट्रिय वाणिज्य बैंक गम्भिर रहेको उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले बताए ।
कम ब्याजमा कर्जा दिने तथा निपेक्षकर्तालाई बढी ब्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उनको भनाई छ । देश विदेशमा रहेका नेपालीहरुमाझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा रहेको उनले बताए । गाउँ गाउँमा वित्तिय पहुँच पु¥याउन बैंक डिजिटल प्रणालीमार्फत् क्यासलेस ट्रान्जेक्शनलाई बढी प्राथमिकता दिएर अघि बढेको बैंकका ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्