
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधाण सभाले एक जन संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ ।
सभाले आ.ब. २०७५/०७६ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रदिवेदन सहितको २०७६ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व. २०७५/०७६ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ । उक्त साधारण सभाले आ.व. २०७६/०७७ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका श्याम कार्की एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई दोस्रो वर्ष भएकोले पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।
साथै, नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट डा. डिल्लिराज अर्याल तथा नियमावलीको नियम २७ को उपनियम (२) (ङ) अनुसार सर्वसाधारण शेयरधनीहरुबाट नवराज भण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले संचालक समितिको निर्णण बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका खर्च गरिएको रकमलाई अनुमोदन गरेको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरवदलको सुझाब प्राप्त भएमा सो बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्