
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सामसङ नेपालले एस २१ सिरिज नेपाली बजारमा ल्याएको छ। ती हुन्ः ग्यालेक्सी एस२१, एस२१प्लस र एस२१ अल्ट्रा। यी सिरिजमा आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीको भनाइ छ।
सामसङ ग्यालेक्सी एस२१ र एस२१प्लसमाप्रो–ग्रेड क्यामरा छ। एस२१ अल्ट्रामा एडभान्स प्रो ग्रेड क्यामरा छ भने ६.८ इन्चको डिस्प्ले छ। यसमा आइ कम्फर्ट सिल्ड पनि छ। जसले आँखालाई थकान महशुस नहुने सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापित बताउँछन्। फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ।
एस२१ अल्ट्रा फानटम ब्ल्याक र सिल्भर गरी दुई रंगहरुमा उपलब्ध छन्। ग्यालेक्सी एस२१प्लस फानटम ब्ल्याक, सिल्भर र भायोलेट रंगमा पाइन्छन्। त्यसैगरी, एस२१ फानटम ग्रे र भायोलेट रंगमा पाइन्छ। ग्राहकले एस२१ अल्ट्रा १२ जिबी र्याम/२५६ जिबी रोममा, एस२१प्लस र स२१ ८ जिबी र्यामर २५६ जिबी रोम क्षमतामा किन्न पाउँछन्।
एस२१ अल्ट्रा, एस२१प्लस र एस२१ को मूल्य क्रमशः एक लाख ५४ हजार ९ सय ९९, एक लाख २९ हजार ९ सय ९९ र १ लाख ९ हजार ९९ रहेको छ। सामसङले यी सेटहरुको प्रि बुकिङ्ग शुक्रबारदेखि फेब्रुअरी ४ तारिखसम्म खुल्ला गरेको छ। आजदेखि नेपाल अधिराज्यभर रहेका मुख्य मोबाइल स्टोर, इकमर्स प्लाटफर्म जस्तै दराज, स्मार्ट डोको, सस्तोडिल, इसेवा आदिबाट गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ। प्रि बुकिङ्ग गर्ने ग्राहकहरुलाई सामसङले आकर्षक उपहार दिने बताएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्